बाफलबाट माइक्रोबस चोरी, बुद्धपार्क क्षेत्रबाट चोरी गर्ने व्यक्ति पक्राउ

हिमाल प्रेस ७ मंसिर २०८३ ६:३७ | Monday, November 23, 2026
बाफलबाट माइक्रोबस चोरी, बुद्धपार्क क्षेत्रबाट चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ- काठमाडौँमा पार्किङ गरी राखिएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुरका १८ वर्षीय विशाल लामा रहेका छन्।

नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिकको खाली जग्गामा पार्किङ गरी राखिएको बा.१ज ९८०५ नम्बरको माइक्रोबस हराएको सूचनापछि प्रहरीले खोजी सुरु गरेको थियो।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा चोरी भएको उक्त माइक्रोबस फेला पार्नुका साथै चोरीमा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

चोरी भएको माइक्रोबस कलंकी र चोरीमा संलग्नहरू स्वयम्भूस्थित बुद्धपार्क क्षेत्रबाट पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०८३ ६:३७ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast