पेरुमा हेलिकप्टर दुर्घटनामा आठ सैनिकको मृत्यु

हिमाल प्रेस १२ मंसिर २०८३ १७:१६ | Saturday, November 28, 2026
6
SHARES
पेरुमा हेलिकप्टर दुर्घटनामा आठ सैनिकको मृत्यु

काठमाडौँ- पेरुको एक दुर्गम क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा परी सेनाका आठ जना कर्मचारीको मृत्यु भएको छ।

लागुपदार्थको खेती र तस्करी हुने उक्त क्षेत्रबाट सेनाको गस्ती टोली निकाल्ने मिसनमा रहेको हेलिकप्टर दुर्घटनामा परेको हो।

बीबीसीले जनाएअनुसार हेलिकप्टर बिहीबार राति बेपत्ता भएको थियो। त्यसअघि हेलिकप्टरले सेनाका तीन जवानको उद्धार गरेको थियो।

अधिकारीहरुका अनुसार अपुरिम्याक, एने र मन्तारो नदीहरुको उपत्यकामा अवस्थित सनाबाम्बा सहर नजिकै हेलिकप्टर खसेको थियो। ‘भीआरएईएम’ नामले चिनिे यो क्षेत्रलाई प्रायः कोकिन भ्याली’ पनि भन्ने गरिन्छ।

यो पेरुको सबैभन्दा ठूलो कोका खेती हुने उपत्यका हो, जहाँ आपराधिक गिराहका साथै पूर्वविद्रोही समूह ‘साइनिङ पाथ’ का बाँकी सदस्यहरु सक्रिय छन्।

पेरुको रक्षा मन्त्रालयले दुर्घटनामा पाइलटमात्र जीवित रहेको जनाएको छ।

प्रकाशित: १२ मंसिर २०८३ १७:१६ | Saturday, November 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast