सर्वोच्च अदालतको नयाँ भवन।
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका छन्। संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेको शीतल निवासले जनाएको छ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरिएको हो।
उनीहरूलाई संसदीय सुनुवाइवाट अनुमोदन भएपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन्।
प्रकाशित: २७ कार्तिक २०८३ १३:२८ | Friday, November 13, 2026
प्रतिक्रिया



