काठमाडौँ- लोक गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ। गीतमा नवराज पन्तको शब्द छ। संगीत स्वयं गायक वसन्त थापाले भरेका छन्।
मौलिक भाका र नेपाली जनजीवनको मिठास समेटिएको गीतमा माझीलाई स्वरमा गायक एवं संगीतकार वसन्त थापाले साथ दिएका छन्।
नेपाली गाउँघरको संस्कृति, लाहुरे परिवेश, मौलिक जीवनशैली र मायाप्रेमको भावलाई गीतमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
भिडिओको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन्।
प्रकाशित: २१ कार्तिक २०८३ १०:५४ | Saturday, November 7, 2026
प्रतिक्रिया



