काठमाडौँ- नेपाली कांग्रेस देउवा समूहले १५ औँ महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिका संयोजक तोकेको छ।
महाधिवेशन मूल तयारी समितिका संयोजक डा.शशांक कोइरालाले विभिन्न समितिका संयोजकहरू तोकेका हुन्।
१५ औँ महाधिवेशनका लागि प्रचार प्रसार समितिको संयोजक डा.प्रकाशशरण महत तोकिएको सचिवालय सञ्चालन समितिका संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए।
त्यस्तै अतिथि सत्कार एवं समन्वय समिति संयोजकमा नेता एनपी साउद, प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समिति संयोजकमा विद्या तिमिस्निा र स्वास्थ्य समिति संयोजकमा डा.अमित कार्कीलाई मनोनीत गरिएको छ।
देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५ औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।
प्रकाशित: ११ मंसिर २०८३ १६:५५ | Friday, November 27, 2026
प्रतिक्रिया



