मोदीलाई खुला बहसमा आउन राहुलको चुनौती

हिमाल प्रेस १७ कार्तिक २०८३ ९:३० | Tuesday, November 3, 2026
2
SHARE
मोदीलाई खुला बहसमा आउन राहुलको चुनौती राहुल गान्धी र नरेन्द्र मोदी।

काठमाडौँ- भारतीय लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तीव्र आलोचना गरेका छन्। उनले मोदी विदेशी सहयोगमा प्रधानमन्त्री बनेको र त्यही सहयोगका कारण पदमा टिकिरहेको आरोप लगाएका छन्।

राहुलले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘तपाईं विदेशी सहयोगमा प्रधानमन्त्री बन्नुभयो र विदेशी सहयोगकै कारण प्रधानमन्त्री रहिरहनुभएको छ।’

उनले थप लेखेका छन्, ‘तपाईंको आर्थिक व्यवस्था पूर्ण रूपमा विदेशीहरूको नियन्त्रण र समर्थनमा छ। विदेशी सामाजिक सञ्जाल पनि पूर्ण रूपमा तपाईंको पक्षमा उभिएको छ।’

यस विषयमा राहुलले प्रधानमन्त्री मोदीलाई खुला बहस गर्न चुनौतीसमेत दिएका छन्। उनले लेखेका छन्, ‘म तपाईंलाई यस विषयमा खुला बहसको चुनौती दिन्छु। जुनसुकै मञ्चमा, जुनसुकै समयमा। आँट छ भने आउनुहोस्।’

यसअघि शनिबार गुजरातको नर्मदा नगरमा सरदार वल्लभभाई पटेलको जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय एकता दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विपक्षी दलहरूको आलोचना गरेका थिए। उनले विपक्षीहरू विरोध गर्नुभन्दा पनि अवरोध सिर्जना गर्न सक्रिय रहेको आरोप लगाएका थिए।

समाचार संस्था एएनआईका अनुसार मोदीले केही शक्तिहरू निरन्तर देश विभाजन गर्ने षड्यन्त्रमा लागेको बताएका थिए। राहुल गान्धीको नाम नलिई उनले भनेका थिए, ‘विदेशमा को गुप्त रूपमा कसलाई भेटिरहेको छ? भारतविरोधी शक्तिहरू कसलाई समर्थन गरिरहेका छन्? को भारतका शत्रुहरूको भाषा बोलिरहेको छ?’

प्रकाशित: १७ कार्तिक २०८३ ९:३० | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast