सुर्खेत- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिलातर्फको बास्केटबलमा १६ वटा टिम क्वाटरफाइलनमा प्रवेश गरेका छन्। यस्तै ४ वटा टिम प्रतियोगिताबाट बाहिरिएका छन्।
फूल कोर्ट (५×५) तर्फ ८ तथा (३×३) विधाका ८ गरी १६ वटा टिम क्वाटरफाइलनमा प्रवेश गरेको राष्ट्रिय बास्केटबलका सिनियर रेफ्रि राजेश महर्जनले बताए।
उनका अनुसार फूलकोर्ट (५×५) तर्फ एपीएफ, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बीनी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस र नेपाल आर्मी क्वाटरफाइलनमा प्रवेश गरेका छन्।
यस्तै (३×३) विधातर्फ नेपाल आर्मी, गण्डकी, बागमती, लुम्बीनी, सुदूरपश्चिम, एपीएफ, नेपाल पुलिस र कर्णाली क्वार्टरफाइनलमा पुगेका छन्।
त्यसैगरी दुवै विधामा गरी चारवटा टीम भने प्रतियोगिताबाट बाहिरिएका छन्। फूल कोर्ट (५×५) बाट कर्णाली र मधेश प्रदेश तथा (३×३ं) विधामा कोशी र मधेश प्रदेश बाहिरिएका छन्।
दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबार पनि महिला बास्केटबलअन्तर्गतका खेल भएका छन्। बिहीबार भएको फुल कोर्ट (५×५) महिला बास्केटबलतर्फ पहिलो खेलमा एपीएफले कर्णाली प्रदेशलाई ६७-१९ अंकले पराजित गरेको थियो।
यस्तै बागमती प्रदेशले मधेश प्रदेशलाई ४३-५ अंकले पराजित गरेको छ। यस्तै फूल कोर्टतर्फ गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३३-७ अंकले पराजित गरेको हो।
नेपाल आर्मीले लुम्बीनी प्रदेशलाई ८०-२ अंकले पराजित गरेको छ। बिहीबार नै भएको (३×३) विधाको खेलमा एपीएफले कोशी प्रदेशलाई १२-५ अंकले पराजित गरेको छ।
यसै विधाको अर्को खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई १६-१ अंकले पराजित गरेको छ।
सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ८-४ अंकले पराजित गरेको हो। नेपाल पुलिसले लुम्बीनी प्रदेशलाई ५-१ अंकले पराजित गरेको छ।
क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुनेछन्।



