छठ शुद्धता, संयम र निष्ठाको पर्व : ओली

हिमाल प्रेस २९ कार्तिक २०८३ ९:२० | Sunday, November 15, 2026
छठ शुद्धता, संयम र निष्ठाको पर्व : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छठ पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने बताएका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘शुद्धता, संयम र निष्ठाको यस पावन पर्वले सूर्यको उपासनामार्फत आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दछ। प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउँदै सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिन्छ।’

शुभकामना सन्देशमा उनले भनेका छन्–’अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा कृतज्ञता र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार होस्। छठ पर्वको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना !’
प्रकाशित: २९ कार्तिक २०८३ ९:२० | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast