काठमाडौँ- निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
इजलासले कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ। अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुनसमेत आदेश दिइएको छ।
सबै विपक्षीको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइका लागि पेसी तोक्नेछ। गत कात्तिक १८ गते सरकारले आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाएर मनोज केसीलाई नियुक्त गरेको थियो
सरकारको उक्त निर्णयविरुद्ध कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।



