कर्णालीमा माछा मार्न गएकी महिलाको गोहीको आक्रमणबाट मृत्यु

हिमाल प्रेस २४ असोज २०८३ ८:०५ | Saturday, October 10, 2026
6
SHARES
कर्णालीमा माछा मार्न गएकी महिलाको गोहीको आक्रमणबाट मृत्यु

धनगढी- कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ ।

शुक्रबार बिहान नदीमा माछा मार्न गएकी बर्दियाको मधुवन नगरपालिका–३ बस्ने अन्दाजी ४५ वर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० होमप्रकाश चौधरीले गोहीको आक्रमणबाट लामिछानेको मृत्यु भएको पुष्टि गरेका छन्। उनकाअनुसार लामिछाने बिहान ७ बजेतिर माछा मार्न घरबाट निस्किएकी थिइन् ।

घर नफर्किएपछि खोजीका लागि प्रहरीलाई खबर गरिएको थियो । खोजीका क्रममा उनलाई कोठियाघाट क्षेत्रमा गोहीले आक्रमण गरेर मारेको अवस्था फेला पारेको हो।गोहीले आक्रमण गरी लामिछानेलाई नदीभित्रै राखेको थियो । राति करिब ११ बजेतिर उनलाई नदी छेउतिर ल्याएपछि प्रहरीले शव निकालेको थियो ।

प्रकाशित: २४ असोज २०८३ ८:०५ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast