अछाम- तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका-३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा हुन्।
वैशाख ३ गते बेलुका कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा डुंगा पल्टिँदा डुंगा चालक बुबा र सवार छोरा बेपत्ता भएका हुन्।
बेपत्ताको खोजीकार्यको लागि अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरीचौकी भैरवस्थान, ढुंगाचाल्ना, ढकारीबाट टोली खटिएको र सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले जानकारी दिए।
प्रकाशित: ४ वैशाख २०८३ १३:३३ | Friday, April 17, 2026
प्रतिक्रिया



