कांग्रेसको दुई खुला उपसभापति : अत्याधिक मतले चन्द्र भण्डारीले जित्दा मधु आचार्य पनि विजयी

हिमाल प्रेस २६ असोज २०८३ ६:२४ | Monday, October 12, 2026
8
SHARES
कांग्रेसको दुई खुला उपसभापति : अत्याधिक मतले चन्द्र भण्डारीले जित्दा मधु आचार्य पनि विजयी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दुई खुला उपसभापति डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी बनेका छन्।

उपसभापति खुल्लातर्फ डा. चन्द्रकान्त भण्डारीले सर्वाधिक ३,७३५ मत र ई. मधु आचार्यले २,३४२ मत प्राप्त गरी जित हासिल गरेका छन् ।

यस पदका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १,७५२, सुरेन्द्रराज पाण्डेले १,६७३, धनराज गुरुङले १,५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्र मोहन यादवले ७६० मत प्राप्त गरे । कांग्रेसको महाधिवेशनको मतगणना धमाधम भइरहेको छ। अहिले सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना चलिरहेको छ। गएको असोज १८ देखि काठमाडौँमा कांग्रेस महाधिवेशन भएको थियो।

प्रकाशित: २६ असोज २०८३ ६:२४ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast