काठमाडौँ- उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारुपबारे मधेश प्रदेशमा जारी उच्चस्तरीय संवाद कार्यक्रमको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ।
युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुदमन्त्रालले आयोजना गरेको संवाद कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संघीय सांसद, प्रदेश सरकार तथा विश्वविद्यालयका पदाधिकारी, स्थानीय सरोकारवाला, नागरिक समाज, सरकारी नीति निर्माता, विज्ञ एवं सरोकारवालाको सहभागिता रहेको छ।
पहिलो दिन सरोकारवालाले अनिवार्य आधारभूत शिक्षाको अवसर नपाएका, वैकल्पिक माध्यमबाट शिक्षा हासिल गरेका तथा परम्परागत माध्यमबाट सीप प्राप्त गरेका व्यक्तिलाई समेत राष्ट्रिय योग्यता प्रणालीमा समेट्ने उद्देश्यबारे छलफल गरेका थिए।
प्रकाशित: २० असोज २०८३ ११:१७ | Tuesday, October 6, 2026
प्रतिक्रिया



