शिक्षा मन्त्रालयले देखायो प्रगति

हिमाल प्रेस १९ असोज २०८३ १०:५४ | Monday, October 5, 2026
शिक्षा मन्त्रालयले देखायो प्रगति

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। मन्त्रालयको योजना तथा अनुगमन महाशाखाले तयार पारेको प्रतिवेदनमा मन्त्रालय र मातहतका निकायबाट वर्षभरि सम्पादन भएका प्रमुख कार्य तथा उपलब्धिहरू समेटिएका छन्।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७९/८० सम्म कायम भएको कुल ४६ करोड रुपैयाँ बेरुजुमध्ये करिब ६१.९७ प्रतिशत अर्थात् ४४ करोड रुपैयाँ बेरुजु फछ्र्यौट तथा सम्परीक्षण गरिएको छ। बाँकी बेरुजु नियमित गरी सम्परीक्षणका लागि पेस गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सुशासन र प्रशासनिक सुधारतर्फ विभिन्न कानुन तथा निर्देशिका संशोधन र परिमार्जनलाई प्राथमिकता दिएको जनाएको छ। यस क्रममा ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०८३’ जारी गरिएको छ भने ‘शिक्षकहरू सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ तर्जुमा गरिएको छ।

प्रतिवेदनअनुसार मन्त्रालयले हेलो सरकारमा परेका १ हजार ९४५ वटा उजुरी सम्बोधन गरेको छ। यस्तै, ११२ वटा मुद्दामा लिखित जवाफ र १२२ वटा विषयमा कानुनी राय पठाइएको छ।

वैदेशिक अध्ययन स्वीकृतितर्फ १ लाख ९२ हजार ८ सय जनाको विवरण रुजु गरी १ लाख १५ हजार ८८ वटा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) वितरण गरिएको मन्त्रालयले जनाएको छ।

उच्च शिक्षातर्फ खुला, प्रतिस्पर्धात्मक र पारदर्शी प्रणालीबाट उपकुलपति चयन गरिएको तथा विदेशी शिक्षण संस्थाबाट सम्बन्धन प्राप्त उच्च शिक्षा अध्ययन गराउने संस्थाको अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ।

छात्रवृत्तितर्फ स्नातक तहमा ५ हजार ४१२ र स्नातकोत्तर तहमा ५५१ जना विद्यार्थीलाई योग्यता क्रमका आधारमा छात्रवृत्तिका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ।

यस्तै, खेलकुदतर्फ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने ५०४ जना खेलाडी तथा टोलीलाई कुल १० करोड ८५ लाख १८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विधेयक)मार्फत विद्यालय शिक्षाको गुणस्तर सुधार, समावेशी शिक्षा, पाठ्यक्रम विकास, र विपद् जोखिम न्यूनीकरणका लागि सुदृढ विद्यालय नीति कार्यान्वयनमा ल्याइएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयले आगामी आव २०८३/८४ को बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन कार्यविधि समेत स्वीकृत गरिसकेको छ।

प्रकाशित: १९ असोज २०८३ १०:५४ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast