गृहमन्त्रीको चेतावनी- राज्यको गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति दिइने छैन

हिमाल प्रेस २० असोज २०८३ १०:३७ | Tuesday, October 6, 2026
गृहमन्त्रीको चेतावनी- राज्यको गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति दिइने छैन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र यस मातहतका निकायमा कार्यरत कुनै पनि पदाधिकारी वा कर्मचारीले राज्यको संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहावट गरेमा कारबाही गरिने चेतावनी दिएका छन्।

मन्त्रालय र यस अन्तर्गतका निकायमा पदीय हैसियत भुलेर सूचना चुहाउने प्रवृत्ति लामो समयदेखि देखिएको सामाजिक संजालमा मंगलबार उल्लेख गर्दै उनले राज्यको गोप्य सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताए।

‘पदले सूचनामा पहुँच दिन्छ तर त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई दिँदैन,’ गृहमन्त्री गुरुले भने,‘यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले अपराध रोक्न, अनुसन्धान अघि बढाउन र गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ।’

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान घात गर्ने, देश र संगठनप्रति पदीय मर्यादा भुल्ने जो कोहीलाई कानूनको कठघरामा ल्याइने र कुनै पनि बहानामा उन्मुक्ति नदिइने मन्त्री गुरुङको दृढ प्रतिबद्धता छ।

मन्त्रालयले सूचनाको सुरक्षा र पदीय आचरणको कडाइका साथ पालना गराउन आन्तरिक निगरानीसमेत बढाउने जनाएको छ।

संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार मन्त्रालयले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो।

प्रकाशित: २० असोज २०८३ १०:३७ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast