विनोद चौधरीद्वारा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता

हिमाल प्रेस २० असोज २०८३ १३:३५ | Tuesday, October 6, 2026
विनोद चौधरीद्वारा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा विनोद चौधरीले समावेशी उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। केहीबेरअघि  राष्ट्रिय सभागृह पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन्।

उनी यसअघि कांग्रेसको केन्द्रीय सदस्य थिए। विशेष महाधिवेशनमा तत्कालीन महामन्त्री गगन थापाको पक्षमा खुलेर केन्द्रीय सदस्य बने। अहिले पदाधिकारी बन्ने दौडमा छन्।

कांग्रेसको केन्द्रीय नेतृत्व चुन्न अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ। नेतृत्व चुन्न भोलि चुनाव हुने कांग्रेस स्रोतले जनाएको छ।

प्रकाशित: २० असोज २०८३ १३:३५ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast