फेरि सर्‍यो कांग्रेसको मतदान

हिमाल प्रेस २२ असोज २०८३ १६:४४ | Thursday, October 8, 2026
18
SHARES
फेरि सर्‍यो कांग्रेसको मतदान

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमितिका लागि बिहीबार हुने भनिएको मतदान तेस्रोपटक सरेको छ। मतदानको तयारी पूरा नभएको भन्दै केन्द्रीय निर्वाचन समितिले मदतानको समय सारेको हो।

केन्द्रीय निर्वाचन समितिका अनुसार अब मतदान शुक्रबार बिहान ७ बजेबाट सुरू हुनेछ।

यसअघि बिहीबार बिहान १० बजेदेखि मतदान सुरू गर्ने कार्यतालिका रहे पनि तयारीका लागि भन्दै दिउँसो १ बजेसम्म सारिएको थियो। त्यसपछि २ बजेबाट मतदान हुने भन्दै निर्वाचन समितिले दोस्रोपटक समय सारेको थियो।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ।

मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो।

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्।

भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

प्रकाशित: २२ असोज २०८३ १६:४४ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast