काठमाडौँ- हेटौँडा उपमहानगरपालिका १५, नयाँबस्तीबाट लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पूर्वपश्चिम सडकखण्डमा चुरियामाईतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प.७८१२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका १२ बस्ने २४ वर्षीय अभिषेक भ्लोन तथा मोटरसाइकलमा सवार मनहरी गाउँपालिका-३, डोढे बस्ने २४ वर्षीय आशिष घलान र २७ वर्षीय विमल सुनार रहेका छन्।
खानतलासीका क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३८ ग्राम फेला पारेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: २१ भदौ २०८३ १२:१४ | Sunday, September 6, 2026
प्रतिक्रिया


