असोज ८ देखिको भारी वर्षालाई ध्यान दिँदै मौसम विभाग, सबै निकायलाई सतर्क गराउने

हिमाल प्रेस ५ असोज २०८३ ७:२२ | Monday, September 21, 2026
असोज ८ देखिको भारी वर्षालाई ध्यान दिँदै मौसम विभाग, सबै निकायलाई सतर्क गराउने फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ । आगामी असोज ८ देखि भारी वर्षाको सम्भावना रहेको आँकलन भइरहेका बेला मौसम विज्ञान विभागले पनि वर्षाको क्षति न्यूनीकरणका लागि छलफल थालेको छ। आइतबार
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकमा बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको थियो। नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीले त्यसको सम्भावनाका बारेमा बैठकलाई जानकारी गराएका थिए।

बैठकले सो वर्षा गराउने प्रणालीको निरन्तर निगरानी गर्ने र सोहीअनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सतर्क गराउने निर्णय गरेको छ। बैठकले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका क्षेत्रमा कनेक्टिभिटी सुचारु गर्न विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण गर्न उपलब्ध स्रोत साधन र सहयोग गर्न इच्छुक संघसंस्था समेतको सहयोगमा झोलुङ्गे पुल निर्माणका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउन पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गरेको छ। असोज ८ देखि असोज १२ सम्म भारी वर्षाको पूर्वानुमान भएको छ। मौसम विद्हरूले देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने र त्यसले क्षति गराउने भन्दै सचेत गराइरहेका छन्।

प्रकाशित: ५ असोज २०८३ ७:२२ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast