काठमाडौँ- नग्न तस्बिर र भिडियो खिचेर सार्वजनिक गरिदिने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्।
महिलासँग झन्डै १० लाख असुलेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। कञ्चनपुर, कृष्णपुर नगरपालिका १ घर भई हाल काठमाडौँको कीर्तिपुर नगरपालिकामा पर्ने सल्यानथान बस्ने २३ वर्षका कमलबहादुर बुढाले नश्न तस्बिर खिचेर सार्वजनिक गरिदिने भन्दै मोटो रकम असुल्न खोजेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफू ‘ह्याकर’ भन्दै पैसा असुल गर्न खोजेका थिए।
रकम नदिए नग्न तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी दिने धम्की दिई रु। ९ लाख ९५ हजार रकम लिएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्रेको हो।
आपराधिक लाभसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौँले शुक्रबार जनाएको छ।


