तनहुँ-भरतपुर खण्डमा पहिरो, यातायात प्रभावित

हिमाल प्रेस ९ असोज २०८३ ११:२८ | Friday, September 25, 2026
तनहुँ-भरतपुर खण्डमा पहिरो, यातायात प्रभावित पहिरोले सडक अवरुद्ध । फाइल तस्बिर

तनहुँ- तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ।

मुग्लिङ-पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो झरेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

हालको अवस्थालाई मध्यनजर गर्दै सम्भव भएसम्म यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडकको पछिल्लो अवस्था बुझेर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।

सेवा तथा सहयोग आवश्यक परेमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रकाशित: ९ असोज २०८३ ११:२८ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast