परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरको न्युयोर्कमा ‘साइडलाइन’ वार्ता

हिमाल प्रेस ७ असोज २०८३ ८:२१ | Wednesday, September 23, 2026
8
SHARES
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरको न्युयोर्कमा ‘साइडलाइन’ वार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आज (बुधबार) सयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग ‘साइड लाइन’ भेटवार्ता गरेका छन्।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनासकारी भोटेकोशी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।

भेटमा दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान गरेका मन्त्री खनालको सचिवालयले जनाएको छ। उनीहरूले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा जोड दिए।
–––

प्रकाशित: ७ असोज २०८३ ८:२१ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast