परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री न्युयोर्कमा भेटवार्ता, के विषयमा भयो संवाद?

हिमाल प्रेस ७ असोज २०८३ ८:०७ | Wednesday, September 23, 2026
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री न्युयोर्कमा भेटवार्ता, के विषयमा भयो संवाद?

न्युयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ।

भेटका अवसरमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका कार्यहरूलगायतका विषयमा छलफल भएको यहाँस्थित नेपाली नियोगले जनाएको छ ।

उक्त अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको थियो । भेटघाटको अवसरमा परराष्ट्रसचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित: ७ असोज २०८३ ८:०७ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast