बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी

हिमाल प्रेस २१ भदौ २०८३ १८:५६ | Sunday, September 6, 2026
बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी

काठमाडौँ- बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरणमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ।

ड्रोन ढुवानी सेवाको पहिलो दिन आइतबार स्थानीय हाकुबेँसी क्षेत्रमा खाद्यान्न पुर्‍याइएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता ८० किलो भनिए पनि परीक्षणका क्रममा प्रतिउडान ५३ किलोका दरले ढुवानी गरिएको छ।

आइतबार १२ वटा उडानमार्फत करिब ६६४ किलो खाद्यान्न ढुवानी गरिएको अधिकारीले जानकारी दिए। उनका अनुसार यसैगरी टिमरेको घट्टेखोलामा तीन, हाकु क्षेत्रमा दुई र डाँडा गाउँ क्षेत्रमा एक गरी ६ वटा सिम्रिक एयरको हेलिकप्टरमार्फत शव व्यवस्थापनका लागि नुवकोटाको विदुर पठाइएको छ।

भदौ १० गतेको भोटेकोशी हुँदै आएको बाढीमा परेर रसुवामा अहिलेसम्म १६९ शव संकलन गरिएको जिल्लाका प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए।

प्रकाशित: २१ भदौ २०८३ १८:५६ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast