गुल्मीको रुद्रबेणी-पूर्तिघाट सडक अवरुद्ध

हिमाल प्रेस ९ असोज २०८३ ९:३३ | Friday, September 25, 2026
गुल्मीको रुद्रबेणी-पूर्तिघाट सडक अवरुद्ध

गुल्मी- कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी-पूर्तिघाट सडक अवरुद्ध भएको छ।

उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा शुक्रबार बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोही गाउँपालिका-४ भएर बग्ने पाती खोलामा जलसतह बढेपछि यातायात सेवा पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएपछि उक्त क्षेत्रबाट बागलुङ, पाल्पा, बुटवल र पोखरा जाने सम्पूर्ण सवारीसाधन तथा यात्री बीच बाटोमा रोकिएका छन्।

प्रकाशित: ९ असोज २०८३ ९:३३ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast