सुनको भाउ आज पनि ओरालोतिर

हिमाल प्रेस १६ भदौ २०८३ ११:३६ | Tuesday, September 1, 2026
सुनको भाउ आज पनि ओरालोतिर

काठमाडौँ- नेपाली बजारमा एक सातायता निरन्तर सुनको मूल्य ओरालो लागेको छ । सोमबाररको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

योसँगै मंगलबार छापावाल सुनको मूल्य ३ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६०० रुपैयाँमा झरेको थियो।

आइतबार ९ हजार ५०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ थियो । गत मंगलबारदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।
प्रकाशित: १६ भदौ २०८३ ११:३६ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast