भरत दाहाल
काठमाडौँ- आफूलाई राजनीतिक विश्लेषक बताउने भरत दाहाल पक्राउ परेका छन्। उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको ब्युरोका सूचना अधिकारी दिलिपकुमार गिरीले हिमाल प्रेससँग पुष्टि गरे।
उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ। दहाल पछिल्लो समय सरकारविरुद्ध चर्को आलोचना गर्दै आएका थिए।
प्रकाशित: ४ असोज २०८३ ११:२७ | Sunday, September 20, 2026
प्रतिक्रिया


