सडकमा रोकिराखेको ट्रकभित्र भेटियो १५ सय ४ किलो गाँजा, चालक फरार

हिमाल प्रेस ७ असोज २०८३ १०:४९ | Wednesday, September 23, 2026
सडकमा रोकिराखेको ट्रकभित्र भेटियो १५ सय ४ किलो गाँजा, चालक फरार

काठमाडौँ- प्रहरीले इलामबाट १५ सय ४ किलो ६१० ग्राम गाँजा बरामद गरेको छ।

इलाम नगरपालिका ०९ भञ्ज्याङ स्थित मेची राजमार्गमा राजदूवाली सडकको अवस्थाका कारण ठूला सवारी साधनलाई केचना–कञ्चनजंघा सडकखण्डतर्फ डाइभर्सन गर्ने क्रममा ना. ४ ख ८९९६ नम्बरको फुलबडी ट्रकबाट ७८ बोरा गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार प्रहरी चौकी गोलाखर्कबाट प्रहरी सहायक निरीक्षक उत्तम भुजेलको कमाण्डमा खटिएको चेकिङ टोलीले शंका लागेर चेकजाँच गर्दा ट्रकमा गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार चालक ट्रक स्टार्ट अवस्थामै छाडेर फरार भएकोमा ट्रक नियन्त्रणमा लिएको हो।

प्रकाशित: ७ असोज २०८३ १०:४९ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast