शिक्षक महासंघको अध्यक्षमा सुन्दर पन्त सिफारिस

हिमाल प्रेस ७ असोज २०८३ १७:३७ | Wednesday, September 23, 2026
शिक्षक महासंघको अध्यक्षमा सुन्दर पन्त सिफारिस

काठमाडौँ- नेपाल शिक्षक संघ संघीय कार्यसमितिका उपाध्यक्ष सुन्दर पन्तलाई नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अध्यक्ष पदमा सिफारिस गरिएको छ।

महासंघको सचिव पदमा राष्ट्रिय समिति सदस्य गंगाराम ढुंगानालाई सिफारिस गरिएको नेपाल शिक्षक संघ संघीय कार्यसमितिका अध्यक्ष सोमनाथ गिरीले जानकारी दिए।

नेपाल शिक्षक महासंघको कार्यकाल तीन वर्षको हुन्छ। यसअघि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी अनिवार्य अवकाशमा गएपछि पन्तलाई अध्यक्ष  सिफारिस गरिएको  हो।

पन्तले आगामी जेठसम्म महासंघको नेतृत्व गर्नेछन्। पन्त अमर ज्योति मावि काठमाडौँका प्रधानाध्यापकसमेत हुन्।

प्रकाशित: ७ असोज २०८३ १७:३७ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast