शिक्षक महासंघले प्रधानमन्त्री कार्यालयमा बुझायो ५४ बुँदे मागपत्र

हिमाल प्रेस ७ भदौ २०८३ ११:४६ | Sunday, August 23, 2026
शिक्षक महासंघले प्रधानमन्त्री कार्यालयमा बुझायो ५४ बुँदे मागपत्र

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयमा ५४ बुँदे मागपत्र बुझाएको नेपाल शिक्षक महासंघले त्यसको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि पेस गरेको छ।

महासंघका अनुसार शिक्षकका मुद्दालाई सरकारको उच्च तहसम्म पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री कार्यालयलाई समेत पत्र पठाइएको हो।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘यो विषयलाई केवल मन्त्रालयको सीमामा राख्न खोजिएको छैन।’

महासंघले शिक्षा सुधार र शिक्षकका हकहितसँग सम्बन्धित मागलाई सरकारको साझा जिम्मेवारीका रूपमा अघि बढाउन आग्रह गरेको छ।

प्रकाशित: ७ भदौ २०८३ ११:४६ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast