काठमाडौँ- आज सुनको मूल्य स्थिर रहेको छ। सोमबार तोलामा १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ६ हजार ८ सय पुगेको सुनको भाउ आज सोही मूल्यमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने घटेको छ। तोलामा २५ रुपैयाँ घटेरर चाँदीको भाउ आज ४ हजार ७ सय ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
प्रकाशित: २ भदौ २०८३ ११:१० | Tuesday, August 18, 2026
प्रतिक्रिया


