सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक

हिमाल प्रेस ३ भदौ २०८३ १७:५२ | Wednesday, August 19, 2026
10
SHARES
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक

काठमाडौँ- बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका हत्या प्रकरणमा पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका जीतपुरसिरा–२ का १६ वर्षीया सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो।

थापा ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका सहचालक र चौधरी उक्त गाडीका मालिक हुन्।

पक्राउ परेका थापा घटनामा संलग्न व्यक्तिलाई खोज्न भन्दै प्रहरीसँगै हिँडडुल गरिरहेका थिए। बालिकाको शव भेटिएपछि उनले ‘कसले हत्या गर्‍यो’ भन्दै घटनास्थल वरपर प्रहरीसँगै हिँडडुल गरिरहेका थिए। उनले बलात्कारपछि बालिकाको हत्या गरेको स्वीकार गरेको बताइएको छ।

मंगलबार साँझ बारा प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान सुरू गरेको थियो। कुकुरले संकेत गरेपछि घटनास्थलमै रहेका थापालाई प्रहरीले नियन्त्रणम लिएको थियो।

मृतक बालिका जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा भर्खरै प्ले ग्रुपमा भर्ना भएकी थिइन्।

आइतबार बिहान करिब साढे ८ बजेबाट बेपत्ता भएकी गरिमाको शव घरबाट दुई सय मिटरनजिकै एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो।

गाउँकै बीचमा रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। शव रहेको स्थानमा प्रहरीले तालिमप्राप्त कुकुरसहित खोजतलास गरेको थियो।

बालिका हत्याको विरोधमा सिमरामा स्थानीयवासीले प्रदर्शन गरेका छन्। स्थानीयको प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात सञ्चालन प्रभावितसमेत बनेको थियो।

यता, बलात्कारपछि बालिका हत्याको घटनाको विरोधमा प्रतिनिधिसभामा समेत सांसदहरूले प्रश्न उठाएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले तीन वर्षीया अबोध बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा बालिका हराएको जानकारी गराएको २४ घण्टासम्म पनि इलाका प्रहरी कार्याल सिमराबाट कुनै खोजी वा कारबाही अघि नबढाइएको बताए।

घटना दर्ता भएपछि प्रत्येक घण्टा प्रहरीले के–कस्ता कदम चाल्यो भन्ने स्पष्ट ‘एक्सन लग’ सार्वजनिक गर्नुपर्ने र दोषी प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने उनले माग गरे।
अन्य सांसदहरूले पनि यस घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast