घट्यो सुन र चाँदीकै मूल्य

हिमाल प्रेस २७ साउन २०८३ ११:३० | Wednesday, August 12, 2026
10
SHARES
घट्यो सुन र चाँदीकै मूल्य

काठमाडौँ- नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै महासंघले बुधबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ। आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ।

 

प्रकाशित: २७ साउन २०८३ ११:३० | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast