धवल र दुर्गा प्रसाईको पार्टीबारे राप्रपा प्रवक्ताको टिप्पणी : कसैको योजनामा षडयन्त्र भइरहेको छ

हिमाल प्रेस ३० साउन २०८३ १०:१२ | Saturday, August 15, 2026
4
SHARES
धवल र दुर्गा प्रसाईको पार्टीबारे राप्रपा प्रवक्ताको टिप्पणी : कसैको योजनामा षडयन्त्र भइरहेको छ

काठमाडौँ- राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले राप्रपा बलियो नभएसम्म राष्ट्रवादी आन्दोलन मजबुत नहुने बताएका छन्। उनले सामाजिक सन्जालमार्फत राप्रपाको नेतृत्वमा संगठित नभएसम्म क्षणिक मनोरन्जनभए पनि नेपालको राष्ट्रवादी आन्दोलन मजबुत नहुने बताएका छन्।

राप्रपा परित्याग गरेका धवलशमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईले छुट्टाछुट्टै पार्टी बनाउँदैछन्। राणाले जय नेपाल पार्टी दर्ता समेत गराए भने प्रसाई पार्टी घोषणा गर्ने तरखरमा छन्। उनीहरूको नाम नलिइ श्रेष्ठले कसैको योजनामा यस्तो भइरहेको बताएका छन्।

‘दल, समूह खडा गर्दा सकेसम्म राप्रपाकै मान्छे प्रयोग गर्ने गरिन्छ जसले गर्दा राप्रपा पनि विवादित जस्तो भइरहने र राप्रपा बाहिर अर्को संयन्त्र पनि निर्माण हुने !’ उनले भनेका छन्,’जो जो यस प्रवृत्तिमा संलग्न छन्, ति स्वयंलाई आफैंले गरिरहेको छु भन्ने लाग्दो हो तर यो अरु कसैको योजनामा भइरहेको छ भन्ने तिनले भेउ नपाइरहेका मात्र हुन् वा बुझेर नबुझेजस्तो गरिरहेका हुन् !’

 

प्रकाशित: ३० साउन २०८३ १०:१२ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast