रसुवामा बाढी प्रभावितको उद्धारमा ६ हेलिकप्टर र ३ ड्रोन परिचालन : नेपाली सेना

हिमाल प्रेस १० भदौ २०८३ १५:०४ | Wednesday, August 26, 2026
रसुवामा बाढी प्रभावितको उद्धारमा ६ हेलिकप्टर र ३ ड्रोन परिचालन : नेपाली सेना

काठमाडौँ- नेपाली सेनाले रसुवामा बाढी प्रभावितको उद्धारका लागि ६ वटा हेलिकप्टर परिचालन गरेको छ।

थप दुई वटा हेलिकप्टर पनि उद्धारका लागि प्रभावित क्षेत्रतर्फ जाने क्रममा रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाका अनुसार हालसम्म हेलिकप्टरमार्फत २९ जनाको हवाई उद्धार गरिएको छ।

उद्धार कार्यलाई थप प्रभावकारी र सहज बनाउन प्रभावित क्षेत्रमा ३ वटा ड्रोनसमेत परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन थप हवाई साधन परिचालनको तयारी भइरहेको सेनाले जनाएको छ।

प्रकाशित: १० भदौ २०८३ १५:०४ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast