रसुवा, धादिङ र नुवाकोटमा साँझसम्म मध्यम वर्षाको सम्भावना

हिमाल प्रेस १० भदौ २०८३ १३:५७ | Wednesday, August 26, 2026
रसुवा, धादिङ र नुवाकोटमा साँझसम्म मध्यम वर्षाको सम्भावना

काठमाडौँ- रसुवा, धादिङ र नुवाकोट जिल्लामा अहिले वर्षा नभए पनि बादल लागिरहेको र क्रमशः बादल बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ती जिल्लामा साँझसम्म मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेका बेला मौसममा पुनः बदली हुन थालेको हो।

साँझसम्म मध्यम वर्षा हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रभावित तथा तटीय क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।

प्रकाशित: १० भदौ २०८३ १३:५७ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast