मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन दखाए : ढुंगाना

हिमाल प्रेस ५ भदौ २०८३ १४:१६ | Friday, August 21, 2026
मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन दखाए : ढुंगाना

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि सरकारका मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन देखाएको बताएका छन्।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि जनतालाई ‘आफ्नो भोट फिर्ता लैजाऊ’ भन्नु गैरजिम्मेवारीपन र ओठे जवाफ भएको बताए।

उनले ड्रम बजाउने र नाच्ने मान्छेहरू जिम्मेवार पदमा पुगेका कारण यस्तो गैरजिम्मेवार परिस्थितिको सिर्जना भएको उल्लेख गरे। ढुंगानाले मुलुकलाई फेरि निर्दलीय व्यवस्थातर्फ धकेल्न खोजिएको आशंका व्यक्त गर्दै त्यसका विरुद्ध जनता र सांसदहरू जुनसुकै बलिदान दिन तयार रहेको धारणा राखे।

अहिले मुलुकको राष्ट्रियता निकै कमजोर अवस्थामा पुगेको र राष्ट्रवादी शक्तिहरूलाई सिध्याउने षड्यन्त्र भइरहेको उनले बताए।

प्रकाशित: ५ भदौ २०८३ १४:१६ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast