मेटाका मालिक मार्क जुकरबर्गले भारतसँग किन मागे माफी?

हिमाल प्रेस २० साउन २०८३ १९:२४ | Wednesday, August 5, 2026
14
SHARES
मेटाका मालिक मार्क जुकरबर्गले भारतसँग किन मागे माफी?

काठमाडौँ- मेटाका मालिक मार्क जुकरबर्गले भारत सरकारसँग माफी मागेको छ। सीएसएएएम सामग्री, डिपफेक सामग्री र प्लेटफर्म सञ्चालन गर्दा भएका गल्तीहरूका लागि उनले भारत सरकारसँग माफी मागेका हुन्।

भारतको सूचना प्रविधिसम्बन्धी संसदीय स्थायी समितिले इन्स्टाग्राम र फेसबुकबाट प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडियो केही समयका लागि हटाइएकोमा माफी माग्न माग गरेको बेला जुकरबर्गको माफी आएको हो।

गत महिना बीबीसी–आईको एक अनुसन्धानमा मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले भारतमा पैसा लिएर बाल यौन शोषणसँग सम्बधित सामग्री (सीएसएएम) प्रसार गरिरहेको पाइएको थियो।

यो रिपोर्ट प्रकाशित भएपछि भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले अधिकारीहरूलाई मेटासँग स्पष्टीकरण माग्न र उसलाई झिकाउन निर्देशन दिएका थिए।

स्रोतका अनुसार जुकरबर्गले केही खास प्रकारका सामग्रीलाई बुस्ट गर्न धेरै पैसा दिइएको स्वीकार गरेका छन्। उनले माफी माग्दै गल्तीप्रति दुःख व्यक्त गरेका छन्।

मेटाले धेरै गैरकानुनी सामग्री प्रमोट गरिएको र खास प्रयोगकर्तालाई पेड प्रमोशन गरिएको गल्ती स्वीकार गरेको छ।

अर्कोतर्फ बुधबार भारतीय प्रधानमन्त्री मोदीको भिडियो हटाइएको मामिलामा मेटाका मुख्य वैश्विक मामिला अधिकारी जोएल कपलानको नेतृत्वमा कम्पनीका उच्चस्तरीय प्रतिनिधिमण्डलले नयाँदिल्लीमा सूचना प्रविधि मन्त्रालयका एस.कृष्णनसँग भेटघाट गरेको थियो।

एएनआईका अनुसार करिब ४५ मिनेटसम्म चलेको बैठकमा मेटाका अधिकारीहरूले मोदीको भिडियो गल्तीले हटाइनुका कारणबारे जानकारी दिएका थिए।

यस प्रकारका घटनाहरू दोहोरिए भारतमा मेटाले पाउने कानुनी सुरक्षामा पनि असर पर्न सक्ने समितिले चेतावनी दिएको थियो।

जन्तरमन्तर र देशका विभिन्न भागहरूमा विद्यार्थी प्रदर्शनका क्रममा २३ जुलाईमा विद्यार्थीहरूलाई सम्बोधन गर्दाको प्रधानमन्त्री मोदीको भिडियो मेटाको स्वामित्वमा रहेका फेसबुक र इन्स्टाग्रामबाट केही समयका लागि हटाइएको थियो। तर, पछि त्यसलाई पुनः राखिएको थियो।

प्रकाशित: २० साउन २०८३ १९:२४ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast