शिक्षा मन्त्रालयमा सहसचिवको ठूलो संख्यामा सरुवा, महाशाखा र मातहतका निकायको नेतृत्व फेरबदल

हिमाल प्रेस ३ भदौ २०८३ ११:१७ | Wednesday, August 19, 2026
76
SHARES
शिक्षा मन्त्रालयमा सहसचिवको ठूलो संख्यामा सरुवा, महाशाखा र मातहतका निकायको नेतृत्व फेरबदल

काठमाडौँ- शिक्षा मन्त्रालय र मातहतका निकायका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ।

मन्त्रालयका विभिन्न महाशाखा तथा मातहतका निकायको नेतृत्व गर्दै आएका आठ जना सहसचिवको एकैपटक सरुवा गरिएको हो।

मन्त्रालयको योजना तथा अनुगमन महाशाखाका प्रमुख शिवकुमार सापकोटालाई विद्यालय शिक्षा तथा खेलकुद महाशाखामा सरुवा गरिएको छ।

उच्च शिक्षा महाशाखाका श्रीप्रसाद भट्टराईलाई योजना तथा अनुगमन महाशाखाको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव बसन्तप्रसाद कोइरालालाई शिक्षा विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ।

शिक्षा विभागबाट शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख हरिप्रसाद निरौलालाई कोइरालाको स्थानमा पठाइएको छ। शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुख पदमा भने तत्काल कसैलाई जिम्मेवारी तोकिएको छैन।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले केही दिनअघि राजीनामा दिएपछि रिक्त रहेको पदमा शिक्षा विभागका उपमहानिर्देशक महेन्द्र पराजुलीलाई सरुवा गरिएको छ।

यस्तै, शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक जयराम अधिकारीलाई मन्त्रालयको प्राविधिक शिक्षा महाशाखामा सरुवा गरिएको छ। अधिकारीको स्थानमा प्राविधिक शिक्षा महाशाखाका चन्द्रकान्त भुसाललाई पठाइएको छ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि स्थापना गरिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका परियोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईलाई पनि शिक्षा विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ।

प्रकाशित: ३ भदौ २०८३ ११:१७ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast