इरानले भन्यो – हामी निष्क्रिय बस्दैनौँ

हिमाल प्रेस १७ साउन २०८३ १८:०१ | Sunday, August 2, 2026
8
SHARES
इरानले भन्यो – हामी निष्क्रिय बस्दैनौँ

काठमाडौँ- इरानका कार्यवाहक रक्षामन्त्री मजिद इब्न रजाले इरानका लागि हरेक किसिमको धम्की वास्तविक भएको र त्यसलाई गम्भीरताका साथ लिइने बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘शत्रुका हालैका अभिव्यक्तिहरू मनोवैज्ञानिक र रणनीतिक युद्धका हिस्सा मात्र हुन सक्छन्, तर हाम्रा लागि हरेक धम्की वास्तविक र गम्भीर छ।’

मन्त्री रजाले आफूहरू कुनै पनि हालतमा निष्क्रिय नरहने उल्लेख गरेका छन्।

‘हामी न त अचम्ममा पर्नेछौँ, न त निष्क्रिय नै रहनेछौँ। हरके धम्कीलाई हामी आफ्नो सैन्य तयारी बढाउने, प्रतिरोध क्षमता बलियो बनाउने र आफ्नो शक्ति अभिवृद्धि गर्ने आधार मान्छौँ,’ उनले भनेका छन्।

रजाले आफ्नो धारणा राख्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम भने लिएका छैनन्।

यद्यपि उनको यो भनाइ ट्रम्पले इरान र त्यस क्षेत्रका अन्य देशहरूको अनुरोधमा हालका लागि इरानमाथि हुन सक्ने सम्भावित आक्रमणको योजना रोकेको बताएपछि आएको हो।

प्रकाशित: १७ साउन २०८३ १८:०१ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast