ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण

हिमाल प्रेस २ भदौ २०८३ १५:१४ | Tuesday, August 18, 2026
10
SHARES
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण संसद् बैठक। फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद् र जंगली जनावरको आतंकको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण भएको छ। बैठकको शून्य समयमा सांसदहरूले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसद बुद्धरत्न महर्जनले जनतालाई स्वास्थ्य, बाटो, बीउ, र रासायनिक मलमा तत्काल सुविधा दिन सरकारसँग माग गरे। सांसद बासना थापाले सामान्य जनतालाई महँगीले छाक टार्न गाह्रो भएको बताइन्।

सांसद बलावती शर्माले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउनेसम्मको अवस्थाको अन्त्य गर्न माग गरिन्।

शून्य समयमा सांसदहरू बिना गुरूङ, बुद्धिप्रसाद पन्त, बसुमाया तामाङ, भरतकुमार स्वार, भरतप्रसाद पराजुली, भरतबहादुर खड्का, भीमकुमार बुढामगर, मदनकृष्ण श्रेष्ठ, माधवबहादुर थापा, मनमाया विश्वकर्मा, मनिष खनाल, मोहनलाल आचार्य, यज्ञबहादुर बोगटी, रन्जु न्यौपानेले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

त्यसैगरी सांसदहरू क्रमशः रचना खतिवडा, रविन महतो, रजनी श्रेष्ठ, रत्नकुमारी थापा, रमेशकुमार मल्ल, रमेशकुमार सापकोटा, रमेश प्रसाईँ, रवीन्द्र पटेल, राजकिशोर महतो, राजन गौतम, राजीव खत्री, राजेशकुमार चौधरी, राधिका रम्तेल, राम लामा, रिङ्गला यादव, रीना उप्रेती, रुकेश रञ्जित, रक्मिणीदेवी कोइराला, रेखाकुमारी यादव, रेनुका काउचाले पनि ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: २ भदौ २०८३ १५:१४ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast