सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट आज विश्वासको मत लिने

हिमाल प्रेस ३ भदौ २०८३ ८:०३ | Wednesday, August 19, 2026
2
SHARE
सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट आज विश्वासको मत लिने माओवादी नेता खगराज भट्ट। तस्बिर : भट्टको फेसबुक

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिने छन्। उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री भट्टले मंगलबार सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठकको समय व्यवस्थापन गरिदिन आग्रह गरेकाले सोहीअनुसार आज दिउँसो १ः०० बजे बैठक बस्न लागेको जानकारी दिए।

उक्त बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। त्यसपछि प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने र मतदान प्रक्रिया अघि बढ्नेछ।

गत साउन २९ मा भट्ट मुख्यमन्त्री नियुक्त भएका थिए। नेकपा एमालेको समर्थनमा नियुक्त भएका उनले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। यहाँ दुई राज्यमन्त्री, सात मन्त्रीसहित १० जनाको मन्त्रिपरिषद्मा हाल तीन मन्त्री र एक राज्यमन्त्री मात्र जिम्मेवारीमा हुनेछन्। मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्।

प्रदेशसभामा हाल मुख्यमन्त्री भट्ट नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका २२, नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य हुनेछन्।
–––

प्रकाशित: ३ भदौ २०८३ ८:०३ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast