खगराज भट्टले लिए मुख्यमन्त्रीको शपथ

हिमाल प्रेस २९ साउन २०८३ १७:५७ | Friday, August 14, 2026
14
SHARES
खगराज भट्टले लिए मुख्यमन्त्रीको शपथ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

शुक्रबार प्रदेश प्रमुख कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

यसअघि बिहान प्रदेश प्रमुख मियाँले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। मुख्यमन्त्री नियुक्तिका लागि भट्टले प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेस गरेका थिए।

उनको दाबीलाई नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए। दाबी पेसपछि प्रदेश प्रमुखले संविधानबमोजिम भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री भट्टको शपथसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको प्रक्रिया अघि बढेको छ। एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रकाशित: २९ साउन २०८३ १७:५७ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast