काठमाडौँ- राष्ट्रिय दलित आयोगले जातीय भेदभाव तथा छुवाछूत विरुद्ध एवं दलित समुदायको हक हितसम्बन्धी खोजमूलक पुस्तक प्रकाशन गर्न लागेको छ।
चालू आर्थिक वर्ष २०८३/०८४ मा उक्त पुस्तक प्रकाशन गर्ने आयोगले जनाएको हो। आयोगले सोमबार सूचना जारी गर्दै पुस्तकमा लेख रचना प्रकाशन गर्न इच्छुक व्यक्तिहरूलाई आफ्नो सिर्जना पठाउन आग्रह गरेको छ। तोकिएको आधारभूत शर्तहरूको अधीनमा रही तयार पारिएका लेख रचना २०८३ असोज १५ गतेभित्र आयोगको इमेल ठेगाना ‘ष्लाय२लमअ।नयख।लउ’ मा सफ्ट कपी प्राप्त हुने गरी उपलब्ध गराउनुपर्नेछ।
यस सम्बन्धी सूचनाको विस्तृत विवरण आयोगको आधिकारिक वेबसाइट www.ndc.gov.np मा हेर्न सकिने आयोगले जनाएको छ।

प्रकाशित: २५ साउन २०८३ ८:५० | Monday, August 10, 2026
प्रतिक्रिया


