‘क्यानाडा अमेरिकी राज्य नबनिकन राज्यको फाइदा खोजिरहेको छ’

हिमाल प्रेस ७ भदौ २०८३ १४:५९ | Sunday, August 23, 2026
‘क्यानाडा अमेरिकी राज्य नबनिकन राज्यको फाइदा खोजिरहेको छ’ फाइल तस्बिर

काठमाडौँ- अमेरिका र क्यानाडाबीचको व्यापार विवाद झनै चुलिएको छ। दुई देशबीच भएको व्यापार वार्ता असफल भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाप्रति कडा टिप्पणी गरेका छन्।

वार्तामा सहमति जुट्न नसकेपछि अमेरिकाले क्यानाडाबाट आयात हुने विभिन्न सामानहरुमा ५० प्रतिशतसम्म नयाँ ट्यारिफ थप गरेको छ।

राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भनेका छन्,‘क्यानाडा अमेरिकी राज्य नबनिकन नै राज्य हुनुको अनुचित फाइदा उठाउन चाहन्छ। उनीहरुले वर्षौंदेखि हाम्रा किसानबाट भारी शुल्क असुल गर्दै आएका छन्। अब यो क्रम चल्नेवाला छैन।’

अमेरिकी कदमको जवाफ दिँदै क्यानाडाका प्रधानमन्त्री मार्क कर्नीले यस निर्णयलाई गलत भनेका छन्। नयाँ ट्यारिफको मुख्य उद्देश्य क्यानाडाको अर्थतन्त्रलाई नोक्सान पुर्‍याउनु र मुलुकलाई विभाजित गर्नु रहेको उनको भनाइ छ।

प्रधानमन्त्री कार्नीले सेप्टेम्बर ८ देखि लागू हुने गरी अमेरिकाविरूद्ध ‘डलर फर डलर’ (बराबर परिमाणमा) ट्यारिफ असुल गर्ने घोषणा गरेका छन्। क्यानाडाको यो नयाँ भन्सार शुल्क स्टिल, डेरी उत्पादन, घरासयी उपकरण र इलेक्ट्रोनिक्स सामानहरुमा केन्द्रित हुनेछ।

व्यापारिक छलफलमा अमेरिकाले अत्यधिक माग राखेको तर लचकता नदेखाएको आरोप लगाउँदै उनले भने,‘जब तपाईंमाथि आक्रमण हुन्छ, तब तपाईं युद्धमा हुनुहुन्छ। हामीमाथि आक्रमण भएको छ।’

दुवै देश अब औचपारिक रुपमा ‘ट्रेड वार’ अर्थात व्यापार युद्धको स्थितिमा पुगेको उनले बताएका छन्।

प्रकाशित: ७ भदौ २०८३ १४:५९ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast