बागमतीमा मन्त्रिपरिषद् बैठक अब ‘इ-क्याबिनेट’बाट

हिमाल प्रेस ५ भदौ २०८३ ६:४८ | Friday, August 21, 2026
बागमतीमा मन्त्रिपरिषद् बैठक अब ‘इ-क्याबिनेट’बाट

हेटौँडा- बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्का बैठकलाई पूर्ण रूपमा कागजरहित बनाउँदै ‘इ-क्याबिनेट’ प्रणाली लागू गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा बसेको नवगठित सरकारको पहिलो बैठकले निर्णय प्रक्रियालाई छिटो, चुस्त र पारदर्शी बनाउने उद्देश्यसहित यो निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार ‘इ-क्याबिनेट’ सम्बन्धी कार्यविधि १५ दिनभित्र मन्त्रिपरिषद्मा पेस गरिनेछ।

बैठकले चालु आर्थिक वर्षका योजना समय, लागत र गुणस्तरअनुसार सम्पन्न गर्न कार्यसम्पादन करार गर्ने निर्णय पनि गरेको छ।

यससँगै प्रदेशका आयोजनाको प्रगति तत्काल हेर्न मिल्ने ‘आयोजना ट्र्याकिङ प्रणाली’ विकास गर्ने र आवश्यक विद्युतीय प्रणालीको विवरण सातदेखि १५ दिनभित्र तयार पार्ने निर्णय पनि गरिएको छ।

प्रकाशित: ५ भदौ २०८३ ६:४८ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast