सांसदहरूमा दम्भ देखियो : गगन थापा

हिमाल प्रेस ४ भदौ २०८३ १६:४४ | Thursday, August 20, 2026
4
SHARES
सांसदहरूमा दम्भ देखियो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरु जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताएका छन्।

नन्दप्रसाद जानुका फाउण्डेशनले बिहीबार काठमाडौँमा आयोजना गरेको दोलखाका लोकनायकहरु पुस्तक बिमोचन कार्यक्रममा सभापति थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू केवल कानुनसम्मत भएर मात्र नपुग्ने भन्दै तिनको औचित्य जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताएका हुन्।

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्ने बताए।

संसद्मा प्राप्त १ मिनेटको शून्य समयमा बोल्दा समेत सांसदहरूले गम्भीर तयारी, सचेतता र पूर्ण जिम्मेवारीका साथ शब्द चयन गर्नुपर्ने उनको भनाइ छ। उनले विगतमा कांग्रेस–एमाले वा तत्कालीन नेकपासँग भएको दुई तिहाइको शक्ति जनताको असन्तुष्टिका कारण कसरी समाप्त भयो भन्ने इतिहासबाट पाठ सिक्नुपर्ने धारणा राखे।

साथै उनले नयाँ उदाएका राजनीतिक दलहरूले विगतका गल्तीहरू नदोहो¥याइ आफ्ना कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए। मुलुकले अब थप कुनै ’राजनीतिक दुस्साहस’ थेग्न नसक्ने भएकाले पाँच वर्षको कार्यकाललाई रचनात्मक र व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ।

प्रकाशित: ४ भदौ २०८३ १६:४४ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast