बाढी प्रभावित क्षेत्रमा सेनाको उद्धार टोली परिचालन, दुई हेलिकप्टर त्रिशूली पुगे

हिमाल प्रेस १० भदौ २०८३ ११:०४ | Wednesday, August 26, 2026
बाढी प्रभावित क्षेत्रमा सेनाको उद्धार टोली परिचालन, दुई हेलिकप्टर त्रिशूली पुगे नेपाली सेनाको हेलिकप्टर । फाइल तस्बिर ।

 काठमाडौँ- रसुवामा बुधबार बिहान आएको आकस्मिक बाढीपछि नेपाली सेनाले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टरसहित विपद् व्यवस्थापन टोली परिचालन गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहान करिब ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्र तथा खोला तटीय क्षेत्रमा क्षति पुर्‍याएको जानकारी प्राप्त भएपछि उद्धार अभियान तीव्र बनाइएको हो।

सेनाले खोज तथा उद्धारका लागि दुईवटा हेलिकप्टर त्रिशूली पठाएको छ। त्रिशूली जिल्ला अस्पताललाई सहयोग पुर्‍याउन आपतकालीन चिकित्सा उद्धार टोलीलाई एमआई-१७ हेलिकप्टर सहित परिचालन गरिएको जनाएको छ।

यसैगरी धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा खटिएको छ भने गजुरीस्थित नम्बर ६ बाहिनी अड्डा बाट विपद् व्यवस्थापनमा दक्ष जनशक्ति पनि परिचालन गरिएको छ।

सेनाले बाढीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको जनाएको छ।

यसबीच, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै प्रभावितहरूको उद्धार तथा राहत कार्यमा सबै निकायसँग सहकार्य गर्न नेपाली सेनाले अनुरोध गरेको छ।

प्रकाशित: १० भदौ २०८३ ११:०४ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast