अमेरिकाले आफ्ना नागरिकलाई भन्योः मध्यपूर्व छाड्न तयार रहनु

हिमाल प्रेस १७ साउन २०८३ ८:०० | Sunday, August 2, 2026
6
SHARES
अमेरिकाले आफ्ना नागरिकलाई भन्योः मध्यपूर्व छाड्न तयार रहनु

काठमाडौँ- अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन तयार भएर बस्न सल्लाह दिएको छ।

बगदादस्थति अमेरिकी दूतावास र इराकको एर्बिलमा रहेको अमेरिकी वाणिज्य दूतावासले सुरक्षा सतर्कता जारी गर्दै त्यस क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई त्यो ठाउँ छाड्न तयार रहन भनेका हुन्। अमेरिकी दूतावासले एक्समा विज्ञप्ति जारी गरी भनेको छ, ‘यस क्षेत्रमा सुरक्षा अवस्था जटिल छ र यो अझ बिग्रने सम्भावना छ।’

‘नागरिकहरूलाई अत्यन्तै सतर्क रहन र उडान रद्द, अस्थायी हवाई क्षेत्र बन्द र अन्य यात्रा अवरोध हुन सक्नेप्रति सचेत रहन आग्रह गरिएको छ।’ इरानी सेनाले अमेरिकाले मध्यपूर्वमा तनाव बढाएको आरोप लगाएका बेला उक्त चेतावनी जारी गरिएका हुन्।

यसअघि अमेरिकी सञ्चारमाध्यमले अमेरिका र इजरायलले यस हप्ता इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने तयारी गरिरहेको उल्लेख गरेका थिए। बीबीसी अरबीका अनुसार कायरोलगायत यस क्षेत्रका धेरै सहरमा रहेका अमेरिकी दूतावासहरूले पनि आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन तयार रहन भनेका छन्।

जोर्डनको राजधानी अम्मान र जेरुसेलममा रहेका अमेरिकी दूतावासहरूले पनि त्यस्तै सुरक्षा सतर्कता जारी गरेका छन्।

प्रकाशित: १७ साउन २०८३ ८:०० | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast