गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु

हिमाल प्रेस ८ भदौ २०८३ १२:३१ | Monday, August 24, 2026
गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु

गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन्। आइतबार बिहान भारी वर्षापछि दार एस सलामस्थित ल्यान्डफिलमा थुपारिएको फोहोरको ठूलो भाग भत्किँदा नजिकैका झुपडीहरू पुरिएका थिए। घटनामा छ जना गम्भीर घाइते भएका छन् भने धेरै घरमा क्षति पुगेको छ ।

अधिकारीहरूका अनुसार बिहान करिब २ बजे सुरु भएको भारी वर्षाका कारण फोहोर बगेर आसपासका बस्तीमा पुगेको थियो। घटनापछि जीवितको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

सैन्य इन्जिनियरिङ बटालियनका सरसफाइ अधिकारी लेफ्टिनेन्ट कर्नल बाल्डे मामाडोउ बैलोका अनुसार उक्त ल्यान्डफिल आइतबारदेखि बन्द गर्ने तयारी गरिएको थियो। ल्यान्डफिल आसपास बसोबास गर्ने स्थानीयलाई यसअघि नै अन्यत्र स्थानान्तरण हुन सूचना दिइएको थियो। त्यसका बाबजुद पहिरो जाँदा धेरै मानिस त्यही क्षेत्रमा रहेको अधिकारीहरूले बताएका छन्।

क्षेत्रीय प्रशासन तथा विकेन्द्रीकरण मन्त्री डिएनाबोउ टुरेले घटनास्थलमा पुगेर बाँकी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताए। गिनी खनिज स्रोतमा धनी मुलुक हो । यहाँ विश्वकै ठूलो बक्साइट भण्डारका साथै फलाम, सुन र हीराजस्ता खनिज पाइन्छन्। तर विश्व बैंकका अनुसार मुलुकको ४३ दशमलव सात प्रतिशत जनसङ्ख्या राष्ट्रिय गरिबीको रेखामुनि रहेको छ।  रासस

प्रकाशित: ८ भदौ २०८३ १२:३१ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast